ट्रेन्डिङ

रास्वपा पर्सा नगवा घरदैलोमा, उम्मेदवार हरि पन्तको पक्षमा जनलहर

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगवा घरदैलो कार्यक्रम जनसागर उर्लिएको छ।

पर्सा–१ का उम्मेदवार हरि पन्तको समर्थनमा नगवाबासी सडकमा उत्रिँदा नगवाको चुनावी माहोल नै फेरिएको देखिएको छ।

आज सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयको अभूतपूर्व सहभागिताले रास्वपाप्रति जनताको बढ्दो भरोसा प्रस्ट पारेको छ।

घर–घरमा पुगेर मतदाता भेटेका उम्मेदवार पन्तलाई स्थानीयले खुलेर साथ र समर्थन जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तले भने, “रास्वपाको जित केवल एउटा पार्टीको जित होइन, यो समग्र मुलुकको जित हो। यसपालि नगवाबासीले परिवर्तनका पक्षमा मत हाल्नेमा म पूर्ण रूपमा विश्वस्त छु।”

नगवाबासीको उत्साहजनक सहभागिताले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै पन्तले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।

घरदैलो कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दिप कुश्वाह, विशाल सिङ र माइकल सापकोटा लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै