ट्रेन्डिङ

पर्सा -१ मा रास्वपाको तीव्र मतदाता भेटघाट, उम्मेदवार पन्तप्रति आकर्षण बढ्दो

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल तताउँदै आक्रामक घरदैलो अभियानलाई तीव्र बनाएको छ।

सोही क्रममा रास्वपाका उम्मेदवार हरि पन्तले पिपरा, लालपर्सा, भेडिहाइँ र सोलखपुरका विभिन्न टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्।

घरदैलोका क्रममा स्थानीय मतदाताले पन्तलाई टीका, माला र खादा लगाएर भव्य स्वागत गर्दै रास्वपालाई मुलुकको ‘अबको आशाको दियो’ भएको बताएका छन्।

उनीहरूले यसपटक कुनै पनि हालतमा पर्सा–१ बाट रास्वपालाई विजयी बनाएर संसद पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

भेटघाटका क्रममा स्थानीय नागरिकहरूले बेरोजगारी, शिक्षा र स्वास्थ्यको कमजोर अवस्था, खानेपानी तथा विकास निर्माणमा देखिएका बेथितिबारे गुनासो गरेका थिए।

जनताका गुनासा सुन्दै उम्मेदवार पन्तले पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै जनमुखी र जवाफदेही राजनीति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै