पोखरीया । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले पोखरीय नगरपालिका वडा नम्बर–३ अन्तर्गत फुल्वरीया तथा बसन्तपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका विषयमा मतदातासँग छलफल गरिएको थियो।
घरदैलो कार्यक्रममा पोखरीय नगरपालिकाका पूर्व मेयर, वडा अध्यक्षसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
साथै स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो, जसले कांग्रेसप्रतिको जनसमर्थन प्रष्ट भएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार रिजालले लोकतन्त्रको मजबूती, समावेशी विकास र जनताको आवाज संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।