वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले पर्सा क्षेत्र नम्बर-१ अन्तर्गत प्रसौनी बिर्ताका मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
आजको घरदैलो कार्यक्रम वीरगन्ज–२३, प्रसौनी मा सुरु भएको थियो।
कार्यक्रमको प्रारम्भ स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो।
त्यसपछि पन्तले वडाभित्रका विभिन्न टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
उक्त भेटघाटका क्रममा उम्मेदवार पन्तले रास्वपा नेपालको नीति, उद्देश्य, सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे मतदातालाई जानकारी गराए।
उनले मतदाताको सुझाव सुनेर आगामी दिनमा त्यसअनुसार काम गर्ने आश्वासन पनि दिएका छन्।
रास्वपा नेपालले आगामी दिनमा पनि जनस्तर संवाद र सहभागितामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।