ट्रेन्डिङ

वीरगन्ज–१६ दक्षिण नगवामा जसपा नेपालको सम्पर्क कार्यालय उद्घाटन, घरदैलोमा रामनरेश यादव

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपा नेपालका रामनरेश यादवले आज वीरगन्ज महानगरपालिका–१६ दक्षिण नगवामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

सम्पर्क कार्यालय उद्घाटनपछि आयोजित घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका थिए।

उनले मधेसको अधिकार, पहिचान र राजनीतिक आत्मसम्मानको रक्षाका लागि जसपा नेपाललाई बलियो बनाउनु अपरिहार्य रहेको बताए।

यादवले नेता तथा कार्यकर्ताको आत्मसम्मान, अधिकार र स्वाभिमान जोगाउने पार्टी जसपा नेपाल मात्र भएको दाबी गर्दै आगामी निर्वाचनमा ‘छाता’ छापमा मतदान गर्न मतदातासँग आग्रह गरे।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यादवको उम्मेदवारीलाई मधेसको आवाजलाई संसदसम्म पुर्‍याउने अवसरका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै