वीरगन्ज। मधेस प्रदेश सरकारले रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानून मन्त्रालयले सूचना जारी गर्दै यसबारे बताएको हो । मधेस प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णय अनुसार मधेस लगायत देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीको अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
सोही निर्णयअनुसार आगामी आइतबार अर्थात् माघ १८ गते मधेस प्रदेशभर सार्वजनिक बिदा दिइने प्रवक्ता राधेशंकर प्रसाद पालले बताए ।
