ट्रेन्डिङ

बारा–२ मा पुरानोलाई चुनौती, भैयाराम यादव मैदानमा

बारा । बारा क्षेत्र नम्बर–२ मा यसपटकको प्रतिनिधि सभा निर्वाचनले नयाँ बहस जन्माएको छ।

वर्षौँदेखि समाजसेवामा सक्रिय भैयाराम यादव नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेसँगै स्थानीय राजनीति नयाँ मोडमा पुगेको छ।

ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका यादव लामो समयदेखि शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र आपतकालीन सहयोगका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

औपचारिक कार्यक्रम र भाषणभन्दा समुदायको बीचमै देखिने नेताका रूपमा उनी परिचित छन्।

स्थानीयवासीका अनुसार यादव कुनै एक निर्वाचनका लागि मात्रै देखा परेका नेता होइनन्।

विपन्न परिवारको सहयोग, बिरामीको उपचार व्यवस्थापनदेखि संकटका बेला प्रत्यक्ष उपस्थिति जनाउने उनको शैलीले जनविश्वास बलियो बनाएको छ।

बारा–२ मा विगतका निर्वाचन परिणामप्रति असन्तुष्टि बढ्दै गएको छ।

लगातार दुई पटक एउटै पार्टीले जिते पनि जनताको अपेक्षा अनुसार काम नभएको गुनासो बढिरहेको बेला यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ।

“अब आश्वासन होइन, काम चाहिन्छ” भन्ने मतदाताको आवाज बलियो हुँदै गएको छ।

यही परिवेशमा भैयाराम यादवलाई मतदाताले वैकल्पिक प्रतिनिधिका रूपमा हेर्न थालेका छन्।

उनको उम्मेदवारी प्रचारभन्दा बढी विगतको काम र सामाजिक सक्रियतामा आधारित रहेको स्थानीयको बुझाइ छ।

यसपटक बारा–२ को चुनाव व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि काम र प्रतिबद्धता बनाम पुरानो राजनीतिक अभ्यास को परीक्षण बनेको छ।
जनताको अपेक्षा पूरा गर्न सक्ने प्रतिनिधि को हो भन्ने निर्णय अब मतपेटिकामा हुने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै