जनकपुर । मधेस प्रदेशमा राष्ट्रिय सभाका चार रिक्त पद पूर्तिका लागि जारी मतदान प्रक्रियामा उल्लेख्य सहभागिता देखिएको छ ।
बिहान ९ बजे सुरु भएको मतदानमा दिउँसोसम्म १६३ मत खसिसकेको छ ।
निर्वाचन कार्यालयका अनुसार खसेका मतमध्ये ५५ मत प्रदेशसभा सदस्यबाट र १०८ मत स्थानीय तहका जनप्रतिनिधिबाट खसेका छन् ।
मतदान प्रक्रिया तोकिएको समयभित्रै अघि बढिरहेको जनाइएको छ ।
यस निर्वाचनमा मधेस प्रदेशबाट राष्ट्रिय सभाका चार सिटका लागि कुल ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
त्यसपछि मतगणनाको तयारी सुरु गरिने निर्वाचन स्रोतले जानकारी दिएको छ ।