ट्रेन्डिङ

राष्ट्रिय सभाका रिक्त सिट पूर्तिका लागि मतदान सुरु, मधेसमा कांग्रेस–एमाले समीकरण बलियो

जनकपुर । राष्ट्रिय सभामा रिक्त हुन लागेको सिट पूर्तिका लागि आज सातै प्रदेशमा एकैसाथ मतदान प्रक्रिया अघि बढेको छ ।

आगामी मार्च ४, २०२६ देखि पदावधि समाप्त हुने १८ सदस्यमध्ये एक सिट भने पहिल्यै टुंगिएको छ भने बाँकी १७ सिटका लागि आज मतदान भइरहेको हो ।

मधेस प्रदेशमा मतदान केन्द्र महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा तोकिएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि कोशी प्रदेशको एक सिटमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेपछि अब अन्य प्रदेशका सिटहरूका लागि प्रतिस्पर्धात्मक मतदान भइरहेको छ ।

मधेस प्रदेशबाट यसपटक राष्ट्रिय सभाका चार फरक–फरक समूहअन्तर्गत सदस्य चयन हुँदैछ ।

महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टरका सिटमा कांग्रेस, एमाले, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेशस्तरमा प्रमुख दलहरूबीच बनेको राजनीतिक समीकरणका कारण कांग्रेस–एमाले गठबन्धनले निर्णायक अग्रता हासिल गर्ने अपेक्षा गरिएको छ ।

राजनीतिक वृत्तमा गठबन्धनकै उम्मेदवारको जित लगभग सुनिश्चित देखिएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै