वीरगन्ज । उखुको खुवा बनाउने मेसिनमा च्यापिएर सर्लाहीमा एक मजदुरको मृत्यु भएको छ ।
जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर ३ स्थित अन्नपूर्ण चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन राय छन् । काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।