ट्रेन्डिङ

मधेसमा आवश्यक सिटभन्दा ३२ गुणा बढी उम्मेदवारी दर्ता, कुन जिल्लाबाट कति

महिलाको सङख्या न्यून

वीरगन्ज । यहि फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एक हजारभन्दा बढी जनाको उम्मेदवारी परेको छ ।

प्रदेशका ८ वटै जिल्लामा गरी एक हजार ४२ जनाको उम्मेदवारी गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो आवश्यक सिट भन्दा ३२ गुणाले बढी हो ।

विभिन्न दल तथा स्वतन्त्र गरी यी सङख्याका उम्मेदवारहरु चुनावमा होमिएको मधेस प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जसअनुसार प्रदेशभरबाट एकसय १ जना महिलासहित अन्य ९४१ जना पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कुन जिल्लाबाट कति

निर्वाचन कार्यालयको तथ्याङक अनुसार सबैभन्दा बढी उम्मेदवारी प्रदेश राजधानी धनुषामा परेको छ । अर्थात् त्यहाँबाट १३ जना महिला तथा १४५ जना पुरुष गरी एकसय ५८ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी त्यसपछि दोस्रो स्थानमा महोत्तरी र रौतहटबाट समान १४३÷१४३ छ । महोत्तरीबाट १८ जना महिला तथा १२५ जना पुरुषको उम्मेदवारी परेको छ । भने रौतहटबाट समेत ११ महिला तथा १३२ पुरुषले उम्मेदवारी दिएका छन् ।

यस्तै सिरहाबाट ८ महिला तथा पुरुष १३१ जना गरी एकसय ३९ जनाले उम्मेदवारी गराउदा सर्लाहीबाट ६ जना महिला र एकसय २७ पुरुष गरी १३३ जनाले मनोनयन दर्ता गराएका निर्वाचन कार्यालयको आकँडा छ ।

त्यसैगरी पर्सामा १०९ जनाको उम्मेदवारी परेको छ, जसमध्ये १२ जना मात्र महिला छन् । बारामा महिला १५ र ९७ पुरुष गरी ११२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनायो ।

सबैभन्दा कम सप्तरीबाट उम्मेदवारी परेको छ । कार्यालयको तथ्यांक अनुसार त्यहाँबाट १८ जना महिला तथा ८७ जना पुरुष गरी एकसय ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै