ट्रेन्डिङ

१३ दिनभित्र हातहतियार बुझाउन पर्सा प्रशासनको आग्रह

अटेर गर्नेलाई कारवाही

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन सम्पूर्णमा अनुरोध गरिएको हो ।

उनले हातहतियार तथा खरखजानाहरु अबको १३ दिनभित्र अर्थात् माघ २० गतेभित्र जिल्ला प्रहरी वा नजिकैको प्रहरी कार्यालयमा बुझाउन अपील गरेका छन् ।

‘फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउनु हुन अनुरोध गर्दछु’ उनले भने ।

अहिले बुझाइएका हतियार आगामी चैत २० गते पश्चात् हतियार धनीलाई फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए ।

तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा कानुनबमोजिम कारबाही समेत गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै