काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले असाधारण छलाङ मारेको छ । मङ्गलबारको तुलनामा बुधबार एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ९२० रुपैयाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पाँच हजार ८८० रुपैयाँ थियो । केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आइतबार प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँ रहेको सुन सोमबार दुई लाख ८२ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य नयाँ उचाइमा पुगेको छ ।