वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १ करोड रुपैँया धरौटी रकम बुझाएका छन् ।
उनले पर्सा जिल्ला अदालतलाई १ करोड रुपैँया धरौटी बुझाएर रिहा भएका हुन् । मंगलबार साँझ धरौटीको रकम बुझाएर सभापति लामिछाने फर्किएका अदालतले जनाएको छ ।
लामिछानेसँग मंगलबार सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग्ने आदेश गरेको थियो ।
।