बारा । पूर्वमन्त्री राज्यमन्त्री रहबर अन्सारी उम्मेदवारी दर्ता गराएका छन् ।
उनले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अन्सारीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराउँदा शालिकराम अधिकारी प्रस्तावक र युवराज न्यौपाने समर्थक बसेका छन्।
लामो समय माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका अन्सारीले गत पुष २४ गते माओवादी केन्द्र परित्याग गरेका थिए ।