ट्रेन्डिङ

बारा ४ बाट पूर्व मन्त्री किसान श्रेष्ठको उम्मेदवारी

बारा । पूर्व मन्त्री किसान श्रेष्ठले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार जितपुरस्थित उखुबाली अनुसन्धान केन्द्रस्थित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

यहि फागुनमा प्रतिनिधि सभा सदस्य पदका लागि उनले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

श्रेष्ठको उम्मेदवारी दर्ता गराउन ठूलो संख्यामा समर्थकहरू उपस्थित भएर पार्टीको झन्डा र ब्यानरका साथ र्‍याली निकालेका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै