काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार अपराह्न नेता कार्यकर्तासहित दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।
यो निर्वाचन क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनाव लड्दैछन् । रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।