वीरगन्ज । जनमत पार्टीका तर्फबाट श्याम गुप्ताले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यालयमा पुगेर गुप्ताले मंगलबार औपचारिक रुपले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि उनले शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेन्डालाइ प्राथमिकतामा राखेर चुनावमा होमिएको बताए ।