पर्सा । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यहि फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि यादवले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले टिकट नदिने संकेत पाएपछी जसपा नेपालसँगको सम्बन्ध तोड्दै पूर्वमन्त्री यादव सोमबार राति नेकपा एमालेमा प्रवेश गरेका थिए ।