सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यसपटक निर्वाचन क्षेत्र फेरेका छन् ।
लामो समयदेखि काठमाडौं–४ बाट चुनाव लड्दै आएका थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेसको आन्तरिक रणनीतिक निर्णयअनुसार थापालाई सर्लाही–४ बाट अघि सारिएको हो ।
यससँगै कांग्रेसले मधेस केन्द्रित राजनीतिक सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।
काठमाडौंमा स्थापित नेता थापाको तराई–मधेस प्रवेशसँगै सर्लाही–४ को चुनावी माहोल तातिने संकेत देखिएको छ ।
उनको उम्मेदवारीले कांग्रेसभित्र मात्र होइन, विपक्षी दलहरूमा पनि हलचल ल्याएको छ ।
गगन थापाको निर्वाचन क्षेत्र परिवर्तनलाई कांग्रेसको चुनावी दाउपेचका रूपमा हेरिएको छ ।