ट्रेन्डिङ

नोमिनेशनलाई लक्षित गर्दै पर्सामा उच्च सुरक्षा सतर्कता

वीरगन्ज । पर्सामा निर्वाचनसम्बन्धी गतिविधि बढेसँगै नोमिनेशन प्रक्रियालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन कार्यालय रहने स्थानलाई सुरक्षा संवेदनशील क्षेत्र घोषणा गर्दै व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला समन्वय समिति पर्साको परिसर तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्यामा परिचालन गरिएको छ ।

सोही परिसरमा निर्वाचन क्षेत्र नम्बर १ र २ का निर्वाचन कार्यालय सञ्चालनमा रहेकाले सुरक्षामा विशेष ध्यान दिइएको छ ।

प्रवेश–निष्कासनमा कडाइ गरिएको छ भने नोमिनेशनका क्रममा हुन सक्ने कुनै पनि अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको छ ।

सुरक्षा संवेदनशील बिन्दुहरूमा थप सुरक्षाकर्मी खटाइएका छन् ।

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले नोमिनेशनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा योजना अनुसार कडा व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरी र सशस्त्र प्रहरी उच्च सतर्कतामा परिचालित छन् ।

सुरक्षा निकायका अनुसार नोमिनेशन अवधिभर निर्वाचन कार्यालय वरपरको सुरक्षा व्यवस्था यथावत् राखिने जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै