काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा भाग नलिने भएका छन ।
पूर्वप्रधानमन्त्री देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका हुन ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएको जानकारीअनुसार उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् ।