ट्रेन्डिङ

कांग्रेसले पर्सामा चारै क्षेत्रमा उम्मेदवार गर्‍यो फाइनल, कसलाइ कुन क्षेत्रबाट टिकट ?

वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले आज जिल्ला अन्तर्गत क्षेत्र नम्बर १ देखि ४ सम्मका उम्मेदवार औपचारिकरूपमा तय गरेको हो ।

कांग्रेसले पर्सा–१ बाट अनिल रुंग्टा, पर्सा–२ बाट अजयकुमार चौरसिया, पर्सा–३ बाट सुरेन्द्र चौधरी र पर्सा–४ बाट रमेश रिजाललाइ उम्मेदवार बनाएको हो।

पार्टी स्रोतका अनुसार उम्मेदवार चयन गर्दा स्थानीय संगठनको सिफारिस, निर्वाचन रणनीति तथा प्रतिस्पर्धात्मक अवस्थालाई आधार मानिएको छ ।

कांग्रेसले उम्मेदवार टुंग्याएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र बनाउने तयारी थालेको जनाइएको छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य अजय चौरसियाले चारै क्षेत्रमा उम्मेदवार तय भइसकेकाले अब चुनावी अभियान प्रभावकारी रूपमा अघि बढाइने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै