ट्रेन्डिङ

टिकट नपाएपछि रातारात जसपा नेपाल परित्याग, पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनको टिकट हात नपरेपछि पूर्वमन्त्री प्रदीप यादवले जसपा नेपालसँगको सम्बन्ध तोड्दै सोमबार राति नेकपा एमालेमा प्रवेश गरेका छन्।

जसपा नेपालसंग पार्टी एकीकरण भएको १६ दिन नबित्दै यादवले पार्टी छाडेका हुन्।

उनलाई गुण्डुमा आयोजित कार्यक्रममा एमाले अध्यक्षले औपचारिकरूपमा पार्टीमा स्वागत गरेको एमाले केन्द्रीय सदस्य प्रभु हजराले जानकारी दिए।

जसपा नेपालको समन्वय समिति सदस्य रहेका यादव प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने आशामा थिए।

तर पार्टीले पर्सा क्षेत्र नम्बर–१ मा उनको नाम सिफारिस नगरेपछि उनी असन्तुष्ट बनेको स्रोत बताउँछ।

यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निकट केही नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन्।

यसले पर्साको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आउने संकेत देखिएको छ।

एमाले प्रवेशसँगै पूर्वमन्त्री यादव पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने लगभग निश्चित जस्तै भएको एमाले स्रोतको दाबी छ।

यसअघि पनि यादव सोही क्षेत्रबाट निर्वाचन जितिसकेका नेता हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै