ट्रेन्डिङ

मधेस सभाका दुइ जना प्रदेश सांसदको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेश सभाबाट दुइजना प्रदेश सभा सदस्यले राजीनामा दिएका छन ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका दुइ जना प्रदेश सभाका सदस्यले आज राजीनामा दिएको मधेस प्रदेश सभाले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सभा सद्स्य रहबर अन्सारी र नेकपा एमालेका रामचन्द्र मण्डलले आज लिखितरुपमा राजीनामा दिएको मधेस सभामुख रामअशिष यादवले बताए ।

उनका अनुसार दुबै प्रदेश सांसदले आज लिखितरुपमा राजीनामा बुझाएका थिए, स्वीकृत पनि भइसकेको छ ।

अहिलेसम्म दुइजना मात्रै प्रदेश सांसदले लिखितरुपमा राजीनामा दिएको सभामुख यादवले बताए ।

भोली मधेसमा विदा भएपनि निर्वाचनलाइ प्रदेश सभाको कार्यालय सञ्चालन गरिने मधेस सभामुखको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै