ट्रेन्डिङ

पत्रकारितामा प्रशिक्षणको आवश्यकता छ : मधेस कृषिमन्त्री पटेल

स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार देवकोटालाई प्रदान

वीरगन्ज । मधेसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकारितामा प्रशिक्षणको आवश्यकता रहेको औल्याएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाद्वारा आज आयोजित स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

पछिल्लो समय देशमा राजनीतिक दलहरु खुलेजस्तै मिडियाहरु प्नि खुलिरहेको उनको धारणा छ । उनका अनुसार मिडिया समाजको ऐना भएकोले यो खुल्नु भनेको समाजाका लागि राम्रो पक्ष हो ।

तर के समाचार सम्प्रेषण गर्ने के गर्ने नगर्ने ?यो समस्या देखिएकोले यसका सुधारका लागि खासगरी मधेसमा पत्रकारहरुलाई प्रशिक्षण दिनुपर्ने जरुरी रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘जसरी राजनीतिक दलहरुलाई प्रशिक्षण दिइन्छ, ठीक त्यसरी नै पत्रकारहरुलाई प्रशिक्षण दिन एकदम जरुरी छ । यसले गर्दा समाजलाइ फाइदा पुग्नेछ।’

मधेसका मिडिया जगतलाई बलियो र गुणस्तरीय बनाउन प्रदेश सरकारले सबै सहयोग गर्न तयार रहेको कृषिमन्त्री पटेलले प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी वक्ताहरुले सञ्चारजगतले पालना गर्नुपर्ने सामान्य मापदण्ड पनि पालना नगर्ने गरेको टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्साका सिडिओ भोला दाहालसहितकाले आफ्ना धारणा राखेका थिए ।

यसैबचि यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ । वीरगन्जमा लामो समयदेखि सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रको समस्याका बारेमा आवाज उठाउँदै आएका पत्रकार देवकोटालाई उक्त पुरस्कार दिइएको हो ।

महासंघ पर्सा शाखाको निर्णय अनुसार ५१ हजार धनराशि बराबरको उक्त पुरस्कार पत्रकार देवकोटलाई कृषिमन्त्री पटेलले वितरण गरेका हुन । पुरस्कृत देवकोटले यो स्वर्गीय गोपाल गिरी क्रियाशिल पुरस्कारले आफूलाई अझ समाजका लागि कलम चलाउन दबाब बढाएको बताएका छन् ।

पुरस्कार ग्रहणदै उनले भने, ‘अहिलेसम्म म आफ्नो जीवनको करिब तीन दशक समाजका लागि पत्रकारिता गरेको छु, अब यो पुरस्कारले अझै मलाई उत्प्रेरित गरेको छु। ऋब झन जिम्मेवारीका साथ पत्रकारिता गर्नेछु।’
पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै