ट्रेन्डिङ

वीरगन्जका पत्रकार गोविन्द देवकोटालाई स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार

वीरगन्ज । पर्सा जिल्लाका पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय गोविन्द देवकोटा यस वर्ष स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार दिइने निर्णय गरिएको छ ।

यो पुरस्कार पर्साका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको सम्झनामा स्थापना गरिएको हो।

स्व. गिरी वि.सं. २०६० माघ १ गते तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयर हुँदा माओवादी विद्रोहीबाट हत्या भएका थिए।

पत्रकार देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष र नारायणी एफएमका अध्यक्ष हुनुहुन्छ।

उनी रेसखबर अनलाइनका संस्थापकसमेत हुन ।

अघिल्ला वर्षहरूमा पर्साका पत्रकार बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ यस पुरस्कारबाट सम्मानित भइसकेका छन ।

यो पुरस्कारले वीरगन्ज र पर्सामा निरन्तर योगदान दिने पत्रकारहरूलाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

यस वर्ष गोविन्द देवकोटालाई प्रदान गरिनु स्थानीय पत्रकारिताको योगदानलाई उजागर गर्ने महत्वपूर्ण संकेत मानिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै