वीरगन्ज । पूर्व गोविन्दपुर गाउँ विकास समिति अध्यक्ष तथा तत्कालीन तमलोपा नेता आज रास्वपामा प्रवेश गरेका छन ।
गाउँ विकास समितिका पूर्व अध्यक्ष एवम तत्कालीन लोसपाका जिल्ला सभापति योगेन्द्र प्रसाद कुर्मी आज एक कार्यक्रमबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
उनीलाई आज कन्ट्री इन होटलमा आयोजित कार्यक्रममा रास्वपा पर्साका सभापति हरी पन्तले औपचारिकरूपमा पार्टीमा स्वागत गरेका हुन ।
यसै अवसरमा वीरगन्ज–१५ का स्थानीय नेता लाल बाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गराउँदै सभापति पन्तले पर्सा जिल्लामा रास्वपा प्रवेश गर्नेहरूको लहर चलेको बताए।
उनले भने, “यसपटक सम्पूर्ण पर्साबासी एक ढिक्का भएर बलेन सरकार बनाउन लागि परेकोले चुनावमा रक्सी, मासु र पैसाको जोर नचल्ने छ।”
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी, जीतेन्द्र मिश्रा, पोखरीयाका सभापति प्रदीप पटेल, संगठन विभाग प्रमुख प्रमोद रायमाझी र सोना लाल कुर्मीलगायतको उपस्थिति रहेको थियो।