वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै गएको छ।
वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवा (मध्य टोल) मा आयोजित स्थानीयसँगको भेटघाट तथा संवाद कार्यक्रममा ५० भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रमसँगै संगठन विस्तार पनि गरिएको छ।
नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया चयन भएका छन् भने युवा दस्ताको संयोजकको जिम्मेवारी निखिल चौरसियालाई दिइएको छ। साथै चन्द्रावती यादवको अध्यक्षतामा बुथस्तरीय महिला समिति गठन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष तथा क्षेत्र नं. १ का प्रस्तावित उम्मेदवार ओमप्रकाश सरार्फले जनमत पार्टी नै मधेस र मुलुकको भविष्यका लागि एकमात्र विकल्प भएको दाबी गरे।
उनले पार्टीको मुख्य एजेन्डा ‘नयाँ गणतन्त्र’ रहेको उल्लेख गर्दै यो एजेन्डा युवा तथा जेन–जि पुस्ताको मुख्य मुद्दा भएको बताए।
उनले सबैले यो विचार आत्मसात गरी जनमत पार्टीलाई मजबुत बनाए मात्रै देशमा दिगो शान्ति र समृद्धि सम्भव हुनेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, सिमा गुप्ता, श्यामशंकर चौरसिया, राष्ट्रिय परिषद सदस्य बृजकिशोर कलवार, शिव यादव, क्षेत्र नं. १ का पर्यवेक्षक डा. मनोज कुमार, सिए देवराज, निराजन कुशवाहा, क्षेत्रीय अध्यक्ष दिनानाथ प्रसाद साह, विजय पासवान, बबिता पुडासैनीलगायतको उपस्थिति थियो।
