काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।
मधेस प्रदेश सभा सदस्यसमेत रहेका अन्सारीले बिहीबार हुलाकमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र पठाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
राजीनामा पत्रमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा बोलेको “सागर केतूफान को भी हमने बस में किया है…” भन्ने सायरी उद्धृत गर्दै उक्त भनाइ अब प्रचण्डको सम्झनामा मात्र सीमित रहेको उल्लेख गरेका छन्।
साथै उनले साहस, इमानदारी र जोखिम—यी तीनै मूल्य माओवादी केन्द्रले त्यागिसकेको टिप्पणीसमेत राजीनामा पत्रमा गरेका छन्।