ट्रेन्डिङ

राष्ट्रियसभा निर्वाचनः नेकपाले सातै प्रदेशबाट टुंगो लगायो उम्मेदवार

कुन प्रदेशबाट कसको उम्मेदवारी ?

काठमाण्डौँ । कांग्रेस र एमालेबीच बनेको गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको निर्वाचनका लागि सातै प्रदेशमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।

गठबन्धनभित्र कम्तीमा चार सिटको दाबी गरे पनि सहमति हुन नसकेपछि नेकपाले एक्लै निर्वाचनमा जाने तयारी गरेको हो । पार्टी स्रोतका अनुसार सातै प्रदेश र समावेशी समूहका आधारमा उम्मेदवारहरूको टुंगो लगाइसकिएको छ ।

कुन प्रदेशबाट कसको उम्मेदवारी ?

पार्टीले मधेस प्रदेशमा दलित कोटाबाट शम्भु पासवानलाइ चयन गरेको छ । यसैगरी अल्पसंख्यकतर्फ रामनन्दन प्रसाद, अन्यतर्फ लक्ष्मण पौडेल  छन् भने मधेसी कोटाबाट समी कुमारी अग्रवाल उम्मेदवार छन् ।

यस्तै कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे उम्मेदवार चयन भएका छन् ।

लुम्बिनी प्रदेशमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी तय गरिएको छ ।

यस्तै कर्णाली प्रदेशमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ । सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनार उम्मेदवार बनेका छन् ।

बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा, महिलातर्फ सरोज कुमारी झा चयन भएका छन् ।

यता गण्डकी प्रदेशमा अन्यतर्फ कपिल लामा चयन भइसकेको छ भने अर्का एक जना उम्मेदवारको नाम टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै