ट्रेन्डिङ

फागुनको २१ गतेको निर्वाचन : नेकपा एमाले बाराले पठायो चार क्षेत्रमा २ दर्जन बढी उम्मेदवारको नाम

को-को छन् सूचीमा ?

बारा । नेकपा एमाले बाराले आगामी निर्वाचनका लागि आफ्ना उम्मेदवार तय गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रबाट एमालेले आफ्ना उम्मेदवार तय गरेको हो ।

पार्टीले पुराना र नयाँ गरी २ दर्जनभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ।

जसअनुसार बारा निर्वाचन क्षेत्र नं. १ बाट निवर्तमान सांसद अच्युत मैनालीसँगै पुरुषोत्तम पौडेल, त्रिलोकी चौधरी, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरनदेव चौधरी र सुदामा देवी रामको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी बारा निर्वाचन क्षेत्र नं. २ बाट बलबीर चौधरी, अमरदेव प्रसाद यादव, मखन पासवान, राजेश प्रसाद साह, सतपाल यादव, कौशल किशोर सिंह, गौरी शंकर प्रसाद यादव र महपतिया देवी दुसादिनको नाम सिफारिस गरिएको छ।

बारा निर्वाचन क्षेत्र नं. ३ बाट ज्वालाकुमारी साह, सीता सुवेदी, टिना सुवेदी, अध्यानन्द पाण्डे, महमद समिउल्लाह, सीमा ठकुरी र गायत्री साह सिफारिस भएका छन् ।

त्यस्तै बारा निर्वाचन क्षेत्र नं. ४ बाट एक महिलासहित तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा कृष्णकुमार (किसान) श्रेष्ठ, अमर यादव र सीता गुरुङ रहेका छन्।

जिल्ला कमिटीको बैठकले क्षेत्रीय भेलाबाट सिफारिस नभएका उम्मेदवारहरूको नामसमेत समेटी सम्पूर्ण सूची प्रदेश कमिटीमा पठाइसकेको जनाएको छ।

नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलका अनुसार प्रदेशका आठै जिल्लाबाट आएका उम्मेदवार सिफारिसहरू बुधबार बस्ने प्रदेश कमिटी बैठकमा पेस गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै