ट्रेन्डिङ

वीरगन्जमा निषेधाज्ञाबिच प्रदर्शन: हिन्दुवादी सङ्गठन र प्रहरीबीच झडप, मकालु चोक तनावग्रस्त

वीरगन्ज । वीरगन्जमा जारी निषेधाज्ञाबिच हिन्दुवादी सङ्गठनले प्रदर्शन सुरु गर्दा प्रहरीसंग झडप भएको छ।

जिल्ला प्रशासनले वीरगन्ज महानगरमा दिउँसो १ बजेदेखि निषेधाज्ञा आदेश जारी गरेपछि पनि केही समूहले निषेधित क्षेत्रमा प्रदर्शन जारी राखेका थिए।

प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार, मकालु चोक क्षेत्रमा अहिले संवेदनशील स्थिति छ । प्रशासनले जनतालाई निषेधित क्षेत्रमा नजाने र शान्तिपूर्वक बस्न अनुरोध गरेको छ।

यो घटनाले वीरगन्जको सामाजिक वातावरण थप उग्र भएको देखाउँछ, र प्रहरीले थप सतर्कता अपनाएको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै