ट्रेन्डिङ

वीरगन्जमा निषेधाज्ञा जारी, कहाँ–कहाँ के गर्न पाइँदैन?

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा आदेश लागू गरेको छ ।

सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशमा निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू प्रशासनका अनुसार पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्र निषेधित क्षेत्र तोकिएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

पछिल्ला दिनहरूमा धार्मिक तथा सामाजिक विषयलाई लिएर वीरगन्जमा बढ्दो तनाव र सम्भावित झडपको जोखिम देखिएपछि शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले स्पष्ट पारेको छ ।

प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै