ट्रेन्डिङ

पर्साबाट स्रोत नखुलेको १० लाख बढी रकमसहित तीन जना पक्राउ

वीरगन्ज । पर्सा जिल्लामा अवैध हुण्डी कारोबारविरुद्ध प्रहरीले कडाइ गरेको छ ।

स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–३ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ का पवनकुमार साह, मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् ।

प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ परेकाहरूको साथबाट जाँचका क्रममा स्रोत खुलाउन नसकिएको १० लाख २ हजार १० रुपैयाँ नगद बरामद गरिएको छ ।

रकमको वैध स्रोत पुष्टि गर्न नसकिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ना.१६ प ३०२० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको छ ।

पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै