ट्रेन्डिङ

जनमत पार्टीका पर्सा अध्यक्ष सरार्फले भने – अबको राजनितिक विकल्प जनमत नै हो

३० जना महिलाले गरे पार्टी प्रवेश

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीप्रति स्थानीयवासीको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ को तत्वा टोल तथा वडा नमबर २३ को सबैठवामा जनमत पार्टीले भेटघाट तथा संवाद कार्यक्रम आयोजना गरेको थियो , जहाँ उल्लेख्य संख्यामा महिला तथा युवतीहरू पार्टीमा प्रवेश गरेका हुन् ।

वीरगन्ज वडा नं. २१ तत्वा टोलमा सम्पन्न कार्यक्रममा करिब ३० जना महिला तथा युवतीहरूले जनमत पार्टी प्रवेश गरेका छन् ।

सोही अवसरमा शोभा कुमारी साह र इन्द्रावती कुशवाहाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठन समेत गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले देश र मधेसको विद्यमान समस्याको समाधानका लागि जनमत पार्टीसँग स्पष्ट दृष्टिकोण र विकासको ठोस रोडम्याप रहेको दाबी गरे ।

आगामी फागुनमा हुने निर्वाचनका लागि पर्सा–१ बाट सिफारिस उम्मेदवार समेत रहेका अध्यक्ष सरार्फले अबको राजनीतिक विकल्प जनमत पार्टी नै भएको उल्लेख गरे ।

कार्यक्रममा जनमत पार्टीका नेता विद्यालाल प्रसाद, विजय पासवान, निराजन कुशवाहा, विष्णु कुशवाहा, सहनवाज राकी, रामबाबु ठाकुरलगायतको उपस्थिति रहेको थियो।

पर्सा क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमारका अनुसार जाडोको प्रतिकूल मौसमका बाबजुद पनि सिफारिस उम्मेदवार सरार्फको चुनावी भेटघाट, महिला तथा युवा संगठन विस्तार अभियान निरन्तर रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै