वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले आगामी फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारहरु तय गरेको छ ।
पार्टीको पर्सा जिल्ला कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरू सिफारिस गरेको हो ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्र समन्वय समिति पर्साको क्षेत्र नं. १ देखि ४ सम्मका क्षेत्रीय समितिहरुले आफ्ना उम्मेदवार तय गरेको हो ।
सोही सिफारिसका आधारमा उम्मेदवारहरूको नाम केन्द्रीय समितिमा पठाउने निर्णय भएको जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले बताए ।
पार्टीको नीति, सिद्धान्त र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको उनको भनाई छ । सिफारिस सूची केन्द्रीय समितिमा पठाइसकिएको र अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वबाट हुने अध्यक्ष यादवले बताए ।
पार्टीले सिफारिस गरेका प्रत्यक्ष तर्फका उम्मेदवारहरु यसप्रकार छन् –
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १
लालबाबु राउत
रामनरेश प्रसाद यादव
बालकिशोर प्रसाद यादव
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
सुरेन्द्र प्रसाद कुर्मी
अशोक कुमार टेमानी
सन्तोष तिवारी
कामेश पण्डित
आशुतोष चतुर्वेदी
विरेन्द्र प्रसाद यादव
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
नरेन्द्र प्रसाद यादव
भरत गिरी
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४
डा. कृपासिन्धु प्रसाद चौधरी
