बारा । नेपाली कांग्रेस क्षेत्रिय समिती वडा नम्बर ३ ले प्रियन्का दास र राजेन्द्र जयसवाललाइ सम्मान गरेको छ ।
आगामी फागुनमा हुने निर्वाचनमा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्यबाट समानुपातिकतर्फका उम्मेदवारहरू दास र जयसवाललाई समितीले एक कार्यक्रमबीच बधाई दिदै सम्मान गरेको हो ।
पार्टीको संगठन सुदृढीकरण, लोकतन्त्रको रक्षा तथा समावेशी प्रतिनिधित्वका लागि दास र जयस्वालले पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाइ सम्मानित गरिएको सो समितीले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री फरमुल्लाह मन्सूरले समानुपातिक प्रणालीमार्फत संसदमा पुग्ने प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र जनताको आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरे ।
साथै उनीहरूले पार्टीप्रतिको निष्ठा, संघर्ष र समर्पणको उचित मूल्यांकन गर्दै जेन्जिको मर्म समेट्दै नया सन्चार छेत्रको युवा उम्मेदवार दास लाई र काङ्ग्रेस संगठन निर्माणमा जयसवालले पुर्याएको योगदानलाई सम्मान गर्दै पार्टीले अगाडि बढाएको भन्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखे ।
सम्मानित उम्मेदवार दास र जयस्वालले पार्टीले दिएको जिम्मेवारीलाई जनसेवा, लोकतन्त्र र संविधानको मर्मअनुसार इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रीय समिति तथा सम्पूर्ण कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरे।
क्षेत्रिय सभापति प्रभात चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।