ट्रेन्डिङ

पर्सामा सालको काठसहित एकजना पक्राउ, पिकअप गाडी पनि बरामद

वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साले सालको काठसहित एक जनालाइ नियन्त्रणमा लिएको छ ।

अवैधरुपमा सालको काठ ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले तस्करीमा संलग्न एक जनालाई काठसहित नियनत्रणमा लिएको हो ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर- २७ दरदर्वास्थित सडकखण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद पिकअप गाडी जाँच गरेको थियो ।

सोही क्रममा प्रहरीले अवैध रूपमा सालको काठ ढुवानी भइरहेको फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर- ४ निवासी ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मीलाइ नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

साथै उनले चलाएको ना.२ च २८३५ नम्बरको पिकअप गाडीमा लोड गरिएको सालको काठ तथा अन्य फर्निचर सामग्रीहरू कागजातबिनै ढुवानी भइरहेको पाइएपछि प्रहरीले काठसहित गाडी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसर बरामद सामग्रीमा सालको चौकोस, झ्याल, अधुरो बक्स प्लाइ सेट, कुर्सी, डाइनिङ टेबल तथा किचेन रेक गरी विभिन्न फर्निचर सामग्रीहरू रहेका छन्।

ती सामग्रीहरू अवैध रूपमा काठ चोरी गरी तस्करी प्रयोजनका लागि तयार पारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका कुर्मी र बरामद काठ तथा पिकअप गाडीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै