ट्रेन्डिङ

पर्साबाट मधेस सरकारमा दुई मन्त्री नियुक्त

जनकपुर । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै पर्साबाट दुई जना प्रदेश सांसदलाई मन्त्रीमा समेटेको छ ।

६ दलको समर्थनमा गठन भएको सरकार बनेको करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

नवगठित मन्त्रिपरिषद्‌मा पर्सा जिल्लाबाट प्रदेशसभा सदस्य श्याम पटेल र शंकर चौधरी मन्त्रीमा नियुक्त भएका छन् ।

नियुक्तिसँगै श्याम पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शंकर चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रदेशसभा सदस्य श्याम पटेल पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् भने शंकर चौधरी पर्सा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै