ट्रेन्डिङ

मधेस सरकारमा कसलाइ कुन मन्त्रालय ?

जनकपुर । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार विभिन्न दलबाट ६ जना मन्त्री नियुक्त हुन लागेका छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिष सुमन श्रम तथा यातायात मन्त्रीमा नियुक्त हुन लागेका हुन्।

नेपाली कांग्रेसबाट श्याम पटेल कृषि मन्त्री तथा शंकर चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनेछन्।

यसैगरी माओवादीबाट फकिरा महतो गृह र जनमत पार्टीबाट वसन्त कुशवाहा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुन लागेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

सरकार गठन भएको केही समयपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै