जनकपुर । मधेस सरकारले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा सरकार गठन भएको करिब एक महिनापछि मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो।
मुख्यमन्त्री सचिवालयका अनुसार प्रदेश सरकारमा हालसम्म ६ वटा मन्त्रालय रिक्त रहेका छन्।
ती सबै मन्त्रालयमा सत्तारुढ दलका तर्फबाट मन्त्री नियुक्त गर्ने सहमति भइसकेको छ।
दलहरूबीच भएको सहमतिअनुसार आज बिहान ११ बजे मन्त्रीहरूको शपथग्रहण गराउने तयारी गरिएको छ।
मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार आज माओवादी केन्द्रबाट एक जना, नेपाली कांग्रेसबाट दुई जना, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई जना र जनमत पार्टीबाट एक जनालाई मन्त्री पदको शपथ खुवाइनेछ।
मन्त्रीमण्डल विस्तारसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरिएको छ।