जनकपुर । मधेस सरकारले मन्त्रीमण्डल विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
सरकार गठन भएको करिब एक महिनापछि मन्त्रीपरिषदलाई पूर्णता दिन लागिएको हो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुधबार बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरिनेछ।
मुख्यमन्त्री सचिवालयले रिक्त मन्त्रालयका लागि भोलि शपथग्रहण कार्यक्रमको तयारी भइरहेको जनाएको छ।
हाल प्रदेश सरकारमा ६ वटा मन्त्रालय रिक्त रहेको र ती सबै मन्त्रालयमा सत्तारुढ दलबाट मन्त्री नियुक्त गरिने तयारी भएको मुख्यमन्त्री कृष्णा यादवले जानकारी दिए।
मुख्यमन्त्री यादवका अनुसार सत्तारुढ दलहरूबीच आवश्यक सहमति भइसकेको र त्यसैका आधारमा भोलि मन्त्रीहरूको शपथग्रहण गराइने तयारी गरिएको छ।