जनकपुर। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र जनता समाजवादी पार्टी (जसपा) बीच औपचारिक एकीकरण भएको छ ।
आइतबार नै सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेको बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरेको हो
जारी प्रेस विज्ञप्तिअनुसार, रेणु यादव पक्षका बहुमत केन्द्रीय सदस्यसहित जसपा, जसपा नेपाल पार्टीमा समाहित भएका छन् ।
यससँगै पछिल्लो समय विभाजित देखिँदै आएको मधेस केन्द्रित राजनीति पुनः एकीकृत दिशातर्फ अघि बढेको संकेत देखिएको छ ।
विज्ञप्तिमा एकीकरणको निर्णय पार्टी एकता, संगठन सुदृढीकरण तथा मधेस आन्दोलनको मूल एजेन्डालाई बलियो बनाउने उद्देश्यका साथ गरिएको उल्लेख छ ।
एकीकरण प्रक्रियालाई सह–अध्यक्ष रेणु यादवले नेतृत्व गरेकी हुन् ।
प्रेस विज्ञप्तिमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष रेणु यादवले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।