ट्रेन्डिङ

मधेस आन्दोलनका दुई शक्ति एक ठाउँमा, जसपा र लोसपा नेपालबिच एकीकरण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको काठमाडौँमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो।

बैठकमा देशको वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै संविधान, पहिचान, समावेशीकरण र सामाजिक न्यायको पक्षमा अग्रगामी परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ।

साथै, मधेसलगायत उत्पीडित समुदायका अधिकारको संरक्षण, समावेशी लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त संघर्ष आवश्यक रहेकोमा दुवै दल एकमत भएको जनाइएको छ।

उक्त उद्देश्य प्राप्तिका लागि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एकीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै