ट्रेन्डिङ

वीरगन्जको घन्टाघरमा यही मंगलबार जसपा नेपालको विरोध सभा, उपेन्द्र यादवसहित शीर्ष नेताको सहभागिता रहने

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने भएको छ ।

पर्सा जिल्लाको अगुवाइमा वीरगन्जको घन्टाघरमा यही १५ गते (आउँदो मंगलबार) विरोध सभा गर्न लागिएको हो ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीको केन्द्रीय सर्कुलर बमोजिम प्रदेशस्तरीय विरोध कार्यक्रम तय गरिएको हो ।

उक्त सभामा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका शीर्षस्थ नेताहरूको सहभागिता रहने पर्सा जिल्ला कमिटीले जनाएको छ ।

पार्टीले उठाउँदै आएको २८ बुँदे मुख्य माग तथा समसामयिक विभिन्न राष्ट्रिय मुद्दालाई केन्द्रमा राखेर विरोध सभा गर्न लागिएको अध्यक्ष यादवले बताए ।

उनले जनतासंग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा सरकारको बेवास्ता बढ्दै गएको भन्दै त्यसविरुद्ध दबाब सिर्जना गर्न प्रदेशस्तरीय आन्दोलनको खाँचो देखिएको बताए ।

जसपा नेपालले विरोध सभामा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणलाई व्यापक सहभागिता जनाउन आह्वानसमेत गरेको छ ।

पार्टीका अनुसार उक्त कार्यक्रम शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गरिनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै