वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले आज ठूलो मात्रामा प्रतिबन्धित लागु औषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल विशेष टोलीले प्रतिबन्धित लागु औषध बरामद गरेको हो ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर- १६ स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको बोराभित्र रहेको ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा वीरगन्जबाट खएिको टोलीले इनर्वास्थित पोखरीको डिलमा बेवारिसे भेटिएको प्लाष्टिकको बोरा खोलेर जाँच गरेको थियो ।
सोही क्रममा ७ सय ३८ पत्तामा रहको ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी वल नेपाल नम्बर-१३ गण पर्साका प्रवक्ता विश्वराज योञ्जनले जानकारी दिए ।
बरामद नाईट्राभेट ट्याब्लेट भारतबाट तस्करले ल्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि फालेर भागेको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान छ ।
नाईट्राभेट ट्याब्लेट आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिए ।