ट्रेन्डिङ

पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरका कारण हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागमा हुस्सु–कुहिरो रहिरहनेछ।

कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान छ।

यस्तै, आज राति पनि तराई क्षेत्रमा हुस्सु देखिने सम्भावना रहेको छ।

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा जारी हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै