ट्रेन्डिङ

सप्तरीमा ८ सय किलो बढी गाँजा बरामद, चालक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले आज ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गरिएको छानबिनपछि छिन्नमस्ता गाउँपालिका–४ बाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ८ क्विन्टल ३२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

सप्तरी प्रहरीले को १ च ९६६५ नम्बरको पिकअप पनि बरामद गरेको छ।

यससँगै सप्तरी जिल्लाको राजविराज नगरपालिका–११ निवासी रामकुमार यादवलाई नियन्त्रणमा लिएको छ।

यादव सो गाडीका चालक हुन्।

सप्तरी प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका यादवमाथि लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान र अवैध कारोबारको बारे छानबिन चलिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै