ट्रेन्डिङ

जन अधिकार पार्टीले गगनदेव यादवलाई पर्सा जिल्ला अध्यक्षमा नियुक्त गर्‍यो

वीरगन्ज। जन अधिकार पार्टीले पर्सामा नयाँ जिल्ला अध्यक्ष नियुक्त गरेको छ।

पार्टीले गगनदेव यादवलाई पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार यादवलाई यस पदमा नियुक्त गरिएको जनाइएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरद सिंह यादवले आज जारी गरेको विज्ञप्तिमार्फत नियुक्तिको जानकारी दिँदै उनको कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।

गगनदेव यादवले अब पर्सा जिल्लामा पार्टीको संगठन सुदृढ बनाउने र जनतासँगको सम्पर्कलाई अझ सुदृढ बनाउने जिम्मेवारी पाएको जारी विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै